सरकारमा जाने विषयमा बाबुरामको स्पष्टिकरणः जसपाले ओलीतन्त्रको घाँस खान्न !

सरकारमा जाने विषयमा बाबुरामको स्पष्टिकरणः जसपाले ओलीतन्त्रको घाँस खान्न !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाईलाई ओली सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’, उनले भनेका छन् ।

पछिल्लो समय सरकारमा जाने विषयमा जसपाभित्र दुई धार देखिएका छन् । उपेन्द्र यादव र बाबुराम भट्टराई अ‍ोली सरकारमा जान नहुने अडानमा छन् भने महन्थ ठाकुर र उपेन्द्र यादव यही सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।