ओली सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णयमा बाबुरामको समर्थन

ओली सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णयमा बाबुरामको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको निर्णयको स्वागत गरेका छन् ।

शनिबार बिहान ट्वीटरमार्फत पूर्वधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गरेको भन्दै नयाँ सरकार गठन गर्ने निर्णयको स्वागत गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकारको नेतृत्व गर्ने कांग्रेसको निर्णयमा अरु राजनीतिक दलहरुले पनि साथ दिनुपर्ने बताएका छन् । अध्यक्ष भट्टराईले जसपाका अन्य नेता र माओवादी केन्द्रलाई प्रतिपक्षको धर्म नर्बिसिन पनि आग्रह गरेका छन् ।

‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है’, उनले भनेका छन् ।

शुक्रबार साँझ बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केपी अ‍ोलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । सभापति शेरबहादुर देउवाको अग्रसरतामा बसेको केन्द्रीय समितिको बैठकले नयाँ सरकार गठनमा आफूले नै नेतृत्व लिने निर्णय गरेको हो ।