‘कोभिड–१९ नियन्त्रणमा केन्द्रित होऊँ, ज्यान रहे राजनीति हुँदैगर्ला’

‘कोभिड–१९ नियन्त्रणमा केन्द्रित होऊँ, ज्यान रहे राजनीति हुँदैगर्ला’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थ राजनीतिमा ध्यान दिन आग्रह गरेका छन् ।

शुक्रबार ट्वीटमार्फत अध्यक्ष भट्टराईले सत्ता राजनीतिबाट कोरोना नियन्त्रणको अर्थ राजनीतिमा ध्यान दिन आग्रह गरेका हुन् ।

‘अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित होऊॅ’, उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण,बेड/उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गर्न आग्रह गरेका छन् ।

‘तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण, बेड/उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं । जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला’, उनले भनेका छन् ।