दुध बगाएको विरोध गर्ने बाबुरामको चर्को आलोचनाः तपाईंले मान्छे बगाएको बिर्सिनुभयो ?

दुध बगाएको विरोध गर्ने बाबुरामको चर्को आलोचनाः तपाईंले मान्छे बगाएको बिर्सिनुभयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको चर्को आलोचना भएको छ ।

हिन्दु धर्मविरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि डा. भट्टराईको नेपाल र भारतमासमेत आलोचना भएको हो । उत्तार प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाउँदै गरेको फोटोमाथि विरोध जनाएका डा. भट्टराईको भारतीय नेतालेसमेत आलोचना गरेका छन् ।

‘आस्था भनेको एउटा खतरनाक चीज हो । यसले तपाईंलाई दूधलाई फ्याँक्न र पिसाबलाई पिउन बाध्य तुल्याउँछ,’ बाबुरामले ट्वीटमा भनेका छन् ।

बाबुरामको उक्त ट्वीटपछि भारतको सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले आपत्ति जनाएका छन् । उनले बाबुरामले इदको अवसरमा हिन्दू धर्म र संस्कारको अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘प्रिय बाबुरामजी । यो निश्चय छ कि तिमी र तिम्रो सहपाठी इदको अवसरमा हिन्दू धर्म र संस्कारको अपमान गर्दैछौ,’ उनले ट्वीटमा लेखेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले डा. भट्टराईको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’