एमसीसीको पक्षमा रहेका बाबुराम भट्टराईसँग अमेरिकी राजदूतको भेटवार्ता

एमसीसीको पक्षमा रहेका बाबुराम भट्टराईसँग अमेरिकी राजदूतको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान अध्यक्ष डा. भट्टराई र राजदूत बेरीबीच एक होटलमा भेटवार्ता भएको हो । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्ने बताउँदै आएका डा. भट्टराईसँग राजदूतले भेटवार्ता गरेका हुन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसिसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।