माओवादीको नाम ‘प्रचण्डपन्थी’ राख्न बाबुरामको सुझाव

माओवादीको नाम ‘प्रचण्डपन्थी’ राख्न बाबुरामको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलाई ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् ।

‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला । किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमी कमजोरीसहित आधुनिक नेपाल राज्य बनेयताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ’, भट्टराइले बुधबार फेसबुकमा लेखेका छन्, ‘त्यसपछि त्यो आन्दोलन (जुन ‘पार्टी’ मात्र थिएन) लाई हाम्रो प्रस्तावअनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीव्र आर्थिक–सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भइसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।’

साथै उनले माओवादी केन्द्रको संसदीय सिट संख्या ३२ नभएर ३० भएको टिप्पणी पनि गरेका छन् । उनको तर्क छ, ‘प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ होइन । २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनाव चिह्न लिएर जितेको २ सिटलाई समेत कानुनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दाबी गरेका मात्र हुन् । साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो । त्यो घटाउँदा कति हुन्छ आफैँ बुझौँ !’