काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई चुनाव प्रचार प्रसारका क्रममा दाङको हापुरे पुगेका छन् ।
डा. भट्टराईले दाङको हापुरेस्थित शिवलाल खत्रीको घर अवलोकन गरेको र त्यसले रोमान्चक अनुभूति दिएको बताएका छन् ।
२०६० सालको साउन ३२ देखि भदौ ३ गतेसम्म तत्कालीन जनयुद्धमा रहेको माओवादी र सरकारबीच हापुरेस्थित खत्रीको घरमा असफल वार्ता भएको थियो ।
हापुरेमा वार्तालाई तत्कालीन सभामुख दमननाथ ढुंगाना र स्व. पदमरत्न तुलाधरले मध्यस्थता गरेका थिए । डा. भट्टराईले करिब १५ वर्ष अगाडिको घटना सम्झिँदै सामाजिक सञ्जालमा तस्बीर सेयर गरेका छन् ।
भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सम्झेका छन् । तत्कालीन नेकपा माओवादीका तर्फबाट २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म वार्ता गरेको हापुरेस्थित घरमा बुधबार पुगेका भट्टराईले त्यहाँ राखिएका फोटो हेरेपछि महराको सम्झना आएको उल्लेख गरेका छन् ।
‘वार्ता कोठामा कृष्णबहादुर महरा र मसँग खिचेको छुट्टाछुट्टै फोटो पनि टाँगिएको रहेछ,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।






प्रतिक्रिया