काठमाडौं-नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार भट्टराईले भेटेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको बताए ।
उनले भने, ‘राज्यले उहाँमाथि विभिन्न ढंगले एक पछि अर्को गरेर दुख दिने काम गरेको छ । यो अस्वाभाविक र अन्यायपूर्ण छ । यो अलिकति प्रतिशोधपूर्ण देखिन्छ ।’




प्रतिक्रिया