रवि रिहा भएपछि बाबुरामले भने-अदालतको विवेकपूर्ण निर्णय

रवि रिहा भएपछि बाबुरामले भने-अदालतको विवेकपूर्ण निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले शुक्रबार सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय ।’

बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।