सहकार्य गर्न भट्टराईले बनाए राजनीतिक संवाद समिति

सहकार्य गर्न भट्टराईले बनाए राजनीतिक संवाद समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक शक्तिसँग सहकार्य गर्न राजनीतिक संवाद समिति गठन गरेको छ ।

पार्टीको पदाधिकारी बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा संवाद समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य छन् । त्यस्तै पार्टीले जेठ ३० गते काठमाण्डुमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।

बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासको क्रममा आयोजित अधिवेशनमा सहभागी भई त्यहाँका शीर्ष राजनीतिक नेतृत्व, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी गरेको उच्चस्तरीय भेटघाट र राजनीतिक संवादले दुई देशबिचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका खेलेको ठहर गरेको छ।

बैठकमा अध्यक्ष भट्टराईले मुलुक ढिलो चाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेका थिए ।