काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला नेताहरूलाई निवासमै बोलाएर भेटेको र उक्त कुराबाट नेकपा अध्यक्ष प्रचण्ड रिसाएको आसयको एक समाचारमा देवेन्द्रराज पाण्डेले गरेको ट्वीटलाई मेन्सन गर्दै बाबुरामले कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उल्लेख गरेका हुन् ।
सेरेमोनियल राष्ट्रपतिबाट संविधान, परम्परा र नैतिक आचरणविपरीत काम हुनु नहुनेमा समेत उनले जोड दिएका छन् ।
बाबुरामले ट्वीटमा लेखेका छन्, ‘देश र जनताप्रति अलिकति पनि दायित्वबोध छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को व्यवस्था गरौंस वर्तमान सरकारसँग दुईतिहाइ बहुमत छँदैछ ! हैनभने सेरेमोनियल राष्ट्रपतिबाट एकपछि अर्को संविधान, परम्परा र नैतिक आचरणविपरीत कार्य नहोस् ! जो अगुवा उही..?’





प्रतिक्रिया