बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान महासचिव विप्लप डा. भट्टराईसँग भेट गर्न उनकै निवास टोखा पुगेका थिए ।

केपी शर्मा अ‍ोली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा उनीहरुबीच छलफल भएको छ । विप्लवको साथमा नेकपा नेता धर्मेन्द्र बाँस्तोला पनि पुगेका थिए ।

यसअघि महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।