सिके राउतप्रति नरम भएको सरकार विप्लवप्रति कठोर हुनुहुँदैन : पूर्वप्रम भट्टराई

सिके राउतप्रति नरम भएको सरकार विप्लवप्रति कठोर हुनुहुँदैन : पूर्वप्रम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

पत्रकारसँग कुराकानी गर्दै भट्टराईले विप्लव नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेकाले वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए।

उनले तराई विखण्डनको आन्दोलनमा लागेका सिके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लव नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने बताए ।

‘सरकारले विप्लव नेतृत्वकोे दलको माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्र धानमन्त्रीले सहमति गर्नुभयो भने उहाँहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ।’ डा भट्टराईले विप्लव नेतृत्वको पार्टीले अघि बढाएको राजनीतिक एजेण्डासँग आफ्नो सहमति हुन नसक्ने बताए।

विप्लवले लिएको बाटो गलत भएको उनको भनाइ छ। ‘सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लवप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन,’ उनले भने।