गणतन्त्रको जग बलियो भएपछि मात्र कांग्रेस र माओवादी प्रतिस्पर्धा गरौँला : बाबुराम भट्टराई

गणतन्त्रको जग बलियो भएपछि मात्र कांग्रेस र माओवादी प्रतिस्पर्धा गरौँला : बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको जीत निश्चित भएकाे बताएका छन् ।

गोरखाका उम्मेदवारहरुको लागि मत माग्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धनको जीत निश्चित भएपनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले कांग्रेस र कम्युनिष्ट सहकार्य पनि र प्रतिष्पर्धा पनि गर्दै आएको उल्लेख गरे। उनले अहिलेको अवस्था विशिष्ट भएकाले गठबन्धन आवश्यक भएको दाबी गरे।

उनले विकास र समृद्धिको अभियानमा अग्रिणी भूमिका खेल्न सबैलाई आह्वान गरे। उनले भने, ‘विगतमा जे तीतामीठा भए, ती सबै कुरा बिर्सौं । अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन । जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ । जब यो व्यवस्था बलियो हुन्छ त्यसपछि प्रतिस्पर्धा गरौला ।’