कोशी सरकारबारे बाबुराम भट्टराईले भने -संघीयता विरोधीको पाउ पर्नुभन्दा मध्यावधि निर्वाचनमा जानु उपयुक्त

कोशी सरकारबारे बाबुराम भट्टराईले भने -संघीयता विरोधीको पाउ पर्नुभन्दा मध्यावधि निर्वाचनमा जानु उपयुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन्। कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्याबधी निर्वाचनमा जानु उपयुक्त हुने बताएका हुन ।

उनले सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्ने र प्रतिक्रान्तिका आधार तयार हुने पनि बताएका छन्। ‘कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने,’ उनले भनेका छन्।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले ट्वीट गर्दै भनेका छन, ।

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिएपछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संबैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्याबधीको बिकल्प सुझाएका हुन ।