सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट हुनुपर्छ : बाबुराम भट्टराई

सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट हुनुपर्छ : बाबुराम भट्टराई


काठमाण्डु –  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालद्वारा शनिबार काठमाण्डुमा आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले भने, “जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने हाम्रो दायित्व हो ।” उनले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।

डा भट्टराईले भ्रष्टाचारालाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताए । उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिए ।