बावुराम भट्टराईले भने -बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउनेछ

बावुराम भट्टराईले भने -बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउनेछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहमा भर्भराउँदा युवाहरु लागेको देख्दा चिन्ता लागेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा भट्टराईले विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह समेत गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्नेतर्फ सचेत गराए ।

‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु’ उनले भने

विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पारिराख्न भने सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि र्पुयाउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।