ओलीले लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने, अरू तमासे बनिरहने ?: बाबुराम भट्टराई

ओलीले लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने, अरू तमासे बनिरहने ?: बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र विरुद्ध खड्ग प्रहार भइरहँदा अरू तमासे बनिरहने ? भन्दै प्रश्न गरेका छन् ।

शनिवार सामाजिक सज्ञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रश्न गरेका हुन् ।

‘खड्ग प्रसादले संविधान, कानून र लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने ? अरू तमासे बनिरहने ? प्रतिनिधिसभा विघटन ! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेशप्रमुख बर्खास्त ! सचिव र कर्मचारीहरूको पजनी ! फाष्ट ट्र्याक, तल्लो अरूण झ्वाम्म ! नभुलौं–हिटलर लोभी र कायरकै काँध चढेर आएको थियो ।’