काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो सत्ताबाट विदा गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले राज्यका सबै अंग र साधनस्रोत कब्जा गरेर प्रधानमन्त्री ओली सद्याम हुसेन, पर्वेज मुसर्रफ र हुन सेन स्टाईलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको भन्दै ओलीलाई छिटो भन्दा छिटो विदा गर्नुपर्ने बताएका हुन् ।
नेता भट्टराईले अब ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुके आफूहरु कसैलाई पनि ईतिहासले माफ नगर्ने दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाटकाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !’




प्रतिक्रिया