अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउन भट्टराईको माग

अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई तुरुन्त स्वदेश फर्काउन भट्टराईको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् । उनले आइतबार ट्वीटमार्फत अलपत्र परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन आलटाल गर्न नहुने भन्दै उनीहरुको जीवनरक्षाको माग गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्धन्दग्रस्त ठाँउमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस्!’

अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!

— Baburam Bhattarai (@brb1954) August 15, 2021

अन्य विभिन्न मुलुकले त्यहाँ भएका आफ्ना नागरिकलाई स्वदेश फर्काउने काम गरिरहेका छन्। अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन् । त्यसैगरी तालीबानका लडाकुहरु काबुल प्रवेश गरेका छन् । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण सुरू गरेका छन् । तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् ।