माधव नेपालको नयाँ पार्टीबारे डा. भट्टराई भन्छन्: नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ

माधव नेपालको नयाँ पार्टीबारे डा. भट्टराई भन्छन्: नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् ।

बिहीवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले माधवकुमार नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका हुन् । उनले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ ।’

त्यसैगरी उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने पनि जनाए । उनले अगाडी भने,  ‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ ।’