काठमाण्डु-माधवकुमार नेपाललाई साथ दिइरहेका नेकपा एमालेका केही नेताले अहिले उनले नयाँ पार्टी गठन गर्दा साथ नदिएपछि विभिन्न टिप्पणी भइरहेका छन्।यसैबीच पूर्व प्रधानमन्त्री एवम् जनता समाज पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ती नेताहरुमाथि कडा प्रश्न गरेका छन् ।
शुक्रवार डा भट्टराईले समाजिक सञ्जाल ट्वीटमार्फत वर्षौंदेखि माधव नेपालकोे समूहमा रहेका नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तमाथि कडा प्रश्न गरका हुन् ।
‘एमालेका यी घागडान कणहरूसँग जिज्ञासा– संसारका कम्युनिस्ट पार्टीहरूकी हजुरआमा सोभियत कम्युनिस्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिंगै पार्टी फतक्कै कुहिएर गल्र्यामगुर्लुम भएको हो,’ डा. भट्टराईले ट्वीटमार्फत सोधेका छन्, ‘अनि पूर्वी युरोप लगायतका क. पा (कम्युनिस्ट पार्टी) हरू फुटेर हो कि सिंगै ढलेका हुन्? टाउकाको ओखती नाइटामा!’
एमालेका यी घागडान कणहरूसंग जिज्ञासा- संसारका कम्युनिष्ट पार्टीहरूकी हजूरआमा सोभियत कम्युनिष्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिंगै पार्टी फतक्कै कुहिएर गर्ल्यामगुर्लुम भएको हो?अनि पूर्वी युरोप लगायतका क पाहरू फुटेर हो कि सिंगै ढलेका हुन्?टाउकाको ओखती नाइटामा? https://t.co/CKbXjCqUkR
— Baburam Bhattarai (@brb1954) August 20, 2021
नेता नेपालले बुधबार पार्टी विभाजन हुनेगरी नयाँ दल नेकपा एमाले (समाजवादी)दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त नेता नेपालको पार्टीमा सहभागी भएका छैनन् ।बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ओलीलाई माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता लिन र नेता नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न सुझाव दिएका छन् ।




प्रतिक्रिया