काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपाल सरकारबीच भएका सम्झौता एमसीसी कम्प्याक्ट पारित गर्नुपर्ने बताएका छन् ।
एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटमार्फत एमसीसी संसदबाट अनुमोदन गर्नु पर्ने बताएका हुन् । उनले एमसीसी र बीआरईलाई अगाडि बढाउनुपर्ने जनाएका छन् । त्यसैगरी डा. भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गर्नुपर्नेसमेत बताएका छन् ।
‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः MCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’
यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!
— Baburam Bhattarai (@brb1954) September 5, 2021




प्रतिक्रिया