काठमाण्डौं – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेसँगै तत्कालीन नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् ।
संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नेताले नयाँ शक्तिका तत्कालीन संयोजक डा. बाबुराम भट्टराईलाई बिहीबार ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।असन्तुष्ट नेताहरुले आज भट्टराईलाई भेटेर पार्टी एकता गर्नुपूर्व आफूहरुसँग छलफल नभएको गुनासो गरेका छन् ।
पार्टी एकताको मुल दस्ताबेजबारे केन्द्रीय समितिमा छलफल नभएको, विचार र संगठनको महत्वलाई प्राथमिकतामा नराखी सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको, पार्टी घोषणाको सभाहलमा विभेदपूर्ण चित्र देखिएको असन्तुष्ट नेताहरुको गुनासो छ । नयाँ शक्तिमा रहेका कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, भक्तबहादुर शाह, सोनाम सिंह स्याङ्तान लगायतका नेताहरु असन्तुष्ट छन् ।




प्रतिक्रिया