काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक जारी छ ।
जडिबुटीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या २३० पुगेको सो पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
उनले नेताहरू आउने क्रम जारी रहेकाे बताए । जसपाको केन्द्रीय समितिमा ४९९ सदस्य रहेका छन् । कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको एक नेताले दावी गरे ।




प्रतिक्रिया