सरकारलाई बाबुरामकाे ‘व्यंग्य’ : देश नै ‘यति’को जिम्मा लगाइदिउँ !

सरकारलाई बाबुरामकाे ‘व्यंग्य’ : देश नै ‘यति’को जिम्मा लगाइदिउँ !


काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश नै यति समूहलाई जिम्मा लगाए हुन्छ भन्दै व्यंग्य हानेका छन् ।

यति समूहलाई गोकर्ण रिसोर्टको म्याद थप गरेकोबारे सरकारमाथि व्यंग्य गर्दै भट्टराईले नेपाल ट्रष्टका पदाधिकारहरूले ‘यति’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्ने ठोकुवा गरेछन्’, उनले भनेका छन्, ‘उसो भए पूरै देश ‘यति’ कै जिम्मा लगाए भइगोनि । समृद्ध नेपाल बनाउने क्या गजब काइदा !’ उनले सामाजिक सञ्जालमार्फत सरकारलाई व्यंग्य हानेका हुन् ।

‘यति’ को खोजीमा वैज्ञानिकहरु अहिले पनि लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यति’लाई हुर्काएर जब्बर जन्तु बनाएको आरोप लगाएका छन् ।  उनले लेखेका छन्, ‘यतिको खोजीमा वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन् ।’