काठमाण्डु – सामाजबादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चारमाध्यमलाई दिएको आन्तर्वार्ताको विषयबारे कडा टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बेला नेता भट्टराईले ओलीलाई महान् राष्ट्रबादी, हक्की र कसैसँग नझुक्ने यस्ता प्रायोजित पगरीले मुलुक निरंकुशतातिर लागेको टिप्पणी गरेका छन् ।
उनले ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न यस्तो कुटिल चाल चालेको आरोप समेत लगाए । नेता भट्टराइले २०१७ सालको महेन्द्रको कू लाई झैं स्थापित गर्न प्रायोजित पगरी भित्री बाहिरी शक्तिहरूबाट गुथाइन लागेको समेत बताए । ‘नेपाली जनता र देशलाई उही र्निंकुशता र अल्पविकास परनिर्भरतामा फसाइनेछ ! चेतना भया ’ उनले सामाविक सञ्जाल ट्वीटरमा भनेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले ओली प्रवित्तिको खरो विरोध गर्दै संसद पुनःस्थापना हुनुपर्ने जोड दिदै आएका छन् । उनले प्रधानमन्त्री ओली इतिहासमै कलंक बोकेका प्रधानमन्त्री भएको टिप्पणी गर्दै यस्तो प्रवृत्तिलाई गलहत्याउनुपर्ने ठाडो टिप्पणी गर्दै आएका छन् ।
प्रधानमन्त्री कपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावी मिति तोकेपछि नेकपा विभाजित भएको छ । मुलुकमा राजनीतिक द्धन्द्ध बढेको छ । नेकपकै प्रचण्ड–नेपाल समूह दुइतिहाई केन्द्रीय सदस्य आफूसँग भएको दावी गर्दैसडक आन्दोलनमा उत्रिएको छ ।
त्यस्तै, प्रतिनिधि सभा गलत भएको टिप्पणी गर्दै नेपाली कांग्रेस समाजबादी दल लगायत अधिकाश दलहरु आन्दोलनमा छ । यद्यपि विघटनको मुद्धा भने सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।




प्रतिक्रिया