काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भेलि स्वदेश फर्कने भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनी भोलि मंगलबार स्वदेश फर्कन लागेका हुन् ।
भारतको नयाँदिल्लीमा उपचाररत भट्टराईको बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर संक्रमण नभएको पुष्टि भएको उनका सञ्चार सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए ।
उक्त ट्युमरलाई छिट्टै शल्यक्रियाद्वारा फाल्न चिकित्सकले सुझाएको उनको भनाइ छ । ट्यूमर नफाले क्यान्सरको जोखिम बढ्ने चिकित्सकको निष्कर्ष छ ।




प्रतिक्रिया