बाबुराम भट्टराई बने हली ! तस्वीरमा हेर्नुस


काठमाडौं – हरेक वर्ष मनाईदै आइरहेको असार १५ अर्थात धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँमा हली बनेका छन् ।

उनी गोरखाको पालुङटारस्थित ज्योतिचौरमा रहेको आफ्नै खेतमा अरु किसानसँगै रोपाईँ गर्न पुगेका हुन् । उक्त रोपाईं कार्यक्रम मल्टीपर्पोज कृषि फर्मले आयोजना गरेको थियो ।

भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीरमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् ।

भट्टराईले आफ्नो फेसबुकमा असारे कामको रमाइलो माहोल झल्किने तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, हो हो तारे हो हो ! हो हो माले होहो ! गोरखामा राष्ट्रिय धान दिवस ।’

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement