ससुरालीले अगुल्टा उचाले, ज्वाईं प्रधानमन्त्री सतर्क रहनुस् : बाबुराम भट्टराई

ससुरालीले अगुल्टा उचाले, ज्वाईं प्रधानमन्त्री सतर्क रहनुस् : बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेवार समुदायका ज्वाईंहरु प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुलाई सर्तक हुन आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै उनले गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई संकेत गर्दै ज्वाईंहरु सर्तक हुनपर्ने बेला आएको बताए । उनले भने, ‘ससुरालीले अगुल्टो उचाले, अब ज्वाईंहरु सर्तक रहनुस ।’

‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौं, ज्वाईं न स्वाईं अगुल्टाले च्वाईँ,’ उनले भने, ‘अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले, यसबाट हाम्रा ज्वाईं प्रधानमन्त्री, ज्वाईं उपप्रधानमन्त्री, ज्वाईं मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

पूर्वप्रधानमन्त्री भट्टराईले राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न माग गरे ।