प्रधानमन्त्रीको आलोचना गर्दै बाबुरामले भनेः ओलीलाई पदबाट हटाऔं, देश बचाऔं

प्रधानमन्त्रीको आलोचना गर्दै बाबुरामले भनेः ओलीलाई पदबाट हटाऔं, देश बचाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाउँदै नेकपालाई अलमल नगरी प्रधानमन्त्री ओलीलाई पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ? संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन् । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।