पूर्व माओवादी र नयाँ शक्तिका नेतालाई लक्षित गर्दै बाबुरामले भनेः कुछ तो शरम करो याराे !

पूर्व माओवादी र नयाँ शक्तिका नेतालाई लक्षित गर्दै बाबुरामले भनेः कुछ तो शरम करो याराे !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पूर्व माओवादी र पूर्व नयाँशक्तिका नेताहरुलाई लाज लाग्नुपर्ने ताएका छन् ।

बुधबार बिहान हिन्दी भाषामा ट्वीट गर्दै डा. भट्टराईले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?।’

‘पूर्वमाओवादी’ नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्व नयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै भट्टराईले लेखेका छन्, ‘कुछ तो शरम करो यारो !’

भट्टराईको उक्त ट्वीटपछि कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् ।