नेकपाको सम्पत्तिमा बाबुराम र विप्लवको गाडी पनि! 

नेकपाको सम्पत्तिमा बाबुराम र विप्लवको गाडी पनि! 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गाडी अन्य पार्टीका नेताहरूले प्रयोग गरका छन्। तर, सत्तारुढ नकेपाले आफ्नफ सम्पत्तिमा ती गाडी पनि राखेको छ।

नेकपाले प्रतिवन्धिकत नेकपाका महासचिव नेत्रविक्रम चन्द, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका ११ नेताको गाडी आफ्नो सम्पत्ति विवरणमा राखेको छ।

नेकपाको सम्पत्ति विवरणभित्र गोपाल किराती, हरिभक्त कँडेल, लोकेन्द्रविष्ट मगर, हिसिला यामी, धर्मेन्द्र बास्तोला, इन्द्र मोहन सिग्देल रहेका छन्। त्यस्तै हेमन्तप्रकाश वली, चन्द्रप्रसाद गजुरेल र खड्क विश्‍वकर्मा पनि रहेका छन्।

तत्कालिन एमाले र माओवादी पार्टकी एकिकरणपछि केन्द्रिकृत गर्न लगिएका सम्पत्ति विवरण अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडी समेत उल्लेख गरिएको हो। यी गाडी यातायात कार्यालयमा एकीकृत नेकपा माववादी कै नाममा रहेका छन्। याे खबर अन्नपूर्ण पोष्टमा छ।