उपचारका लागि दिल्ली जाँदै बाबुराम, दूतावासमा बस्ने

उपचारका लागि दिल्ली जाँदै बाबुराम, दूतावासमा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् ।

उनी आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेको र थप उपचारका लागि दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ ।

उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ । उपचारका क्रममा उनीसँग पत्नी हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।