काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का पूर्वनेता जनार्दन शर्माको पहलमा स्थापना आइतबार बृहत एकता घोषणा सभा आयोजना गर्दैछ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूहले आइतबार बिहान १२ बजे एकता घोषणा गर्न लागेका हुन् ।
वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी लगायतका दलहरूसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए ।
हालसम्म शर्माले सदस्य मात्र रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्व गर्न दिएका छन् ।
राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताए ।
एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नै राख्न सहमति नेताहरू सहमत भएका छन् । चुनाव चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ ।
महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ ।




प्रतिक्रिया