मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

मन्त्री हेरफेरको निर्णयलाई बाबुराम पक्षले अस्वीकार गर्ने, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले मन्त्री हेरफेरको निर्णयलाई कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दबाव दिने भएको हो ।

जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले उपेन्द्र यावदले गरेको मन्त्री हेरफेरको निर्णय आफुहरुलाई स्वीकार्य नभएको बताए ।

उनले भने, ‘अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेरको जुन एकलौटी निर्णय गर्नुभएको छ, त्यो हामीलाई स्वीकार्य छैन । त्यो निर्णय सर्वसम्मत पनि होइन, विवादित निर्णय हो, त्यसलाई कुनै पनि हालतमा लागु गर्नुहुँदैन भनेर प्रधानमन्त्री देउवालाई भेट्ने तयारी छ ।’

पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत रहेको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए ।