काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाईसमेत लाई मुद्धा चलाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमाथि आज बहस हुँदैछ ।
आज हुने बहसको सुनुवाई सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासमा परेको छ । नेपाल र भट्टराईविरुद्ध बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन उनीहरूलाई छुट दियो भन्ने प्रश्न उठिरहेका बेला वरिष्ठ अधिवक्ता न्यौपालेले सर्वोच्चमा रिट हालेका हुन् ।
नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको तर्क छ ।




प्रतिक्रिया