बाबुराम र नारायणकाजी गोरखामा आमनेसामने, राष्ट्रिय राजनीतिमा के हुन्छ?

बाबुराम र नारायणकाजी गोरखामा आमनेसामने, राष्ट्रिय राजनीतिमा के हुन्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एक खोलामा दुई किनारामा छन्। भट्टराई आफूले जनयुद्ध लडेको माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति निर्माण गरेका छन्, नारायणकाजी उही दल अर्थात नेकपा माओवादीमै छन्। माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाँकिरहँदा नारायणकाजी उपाध्यक्ष छन्।

 

 

भट्टराई पूर्वप्रधानमन्त्री हुन् भने नारायणकाजी पूर्वउपप्रधानमन्त्री। नेपालीका दुई राजनीतिका शीर्ष नेता आगामी मंसिरमा भने आमनसामने हुँदैछन्।

 

मंसिरमा तय भएको प्रतिनिधि निर्वाचनका लागि भट्टराई र नारायणकाजी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन्, गोरखा–२। माओवादीले पार्टीको माथिल्लो तहमा नाराणकाजीसहितको नाम सिफारिस गरिससक्दा भट्टराईले शनिबार मात्र गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

 

 

भट्टराईले १० वर्षपछि पुनः गोरखा २ बाट निर्वाचन लड्ने घोषणा मात्र गरेनन् ‘नारायाणकाजीसँग प्रतिस्पर्धा गर्नुपरे झनै उर्जा प्राप्त हुने’ बताए।

 

 

 

माओवादी परित्याग गरेको र स्थानीय तह निर्वाचनमा नयाँ शक्तिको उपस्थिति कमजोर रहेको धरातलमा टेकेर चुनाव लड्दैछन्, भट्टराई।

 

यता, स्थानीय तहको नतिजालाई हेर्ने हो भने माओवादी पनि त्यति बलियो छैन। तर, नयाँ शक्ति भन्दा बलियो छ।

 

 

यसअघिका पूर्वसहकर्मीले एउटै क्षेत्रबाट चुनाव लड्दा यसले मतदाताको मनभावमा कस्तो प्रभाव पार्ला? समीक्षाको विषय बनेको छ। तर, शीर्ष नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा पनि असर गर्ने एकथरीको टिप्पणी रहेको छ।

 

 

भट्टराईले चुनाव लड्ने घोषणा गरेपनि नारायणकाजी भने सो क्षेत्रको राजनीतिक नाडी छामी रहेका छन्।

 

 

दुबै नेताको गृहजिल्ला गोरखामा ११ स्थानीय तहमध्ये माओवादीले दुई गाउँपालिकामा चित्त बुझाउदा बाबुरामको नयाँ शक्तिले एउटा स्थानीय तह पनि जितेन। त्यसैले पनि आगामी निर्वाचनमा बाबुराम भन्दा आफू बलियो रहेको नारायणकाजीको समीक्षा छ।

 

 

 

सविधानसभाको दुई चुनावमा भट्टराईले गोरखाबाट विजयी भएका थिए। र, उनले फेरि पनि गोरखा २ लाई नै रोजेका हुन्।

 

श्रेष्ठ पनि पहिलो संविधानसभामा समानुपातिकमा बसेका थिए। दोस्रो संविधानसभामा डा. भट्टराई गोरखा २ बाटै लडेपछि श्रेष्ठ आफ्नो गृहजिल्ला छाडेर मकवानपुर आएका थिए।

 

तर, मकवानपुरमा उनी पराजित भएका थिए।

 

 

फाइल फोटो।