काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जनयुद्धकालमा कैद गरिएको एक तस्वीर सार्वजनिक गरेका छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा जनयुद्धकालीन तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘जनयुद्धकालमा गाउँले जनतासँग प्रचण्ड र म ।’
मंसिर (२६ गते) आजबाट ६६ वर्ष लागेका प्रचण्डलाई जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड उपस्थित तस्बिर आफ्नो फेसबुकमा राख्दै भट्टराईले बुधबार राति सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका हुन् ।




प्रतिक्रिया