बाबुराम र नारायणकाजीको प्रचण्डसँग भेटवार्ता, पार्टी एकताबारे छलफल

बाबुराम र नारायणकाजीको प्रचण्डसँग भेटवार्ता, पार्टी एकताबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् ।

बिहीबार प्रचण्डसँग भट्टराईले  हात्ती वनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए ।

तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको स्रोतले बताएको छ । स्रोतका अनुसार भट्टराईले सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलमा आफू पनि सहभागि हुने कुरा राखेका थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेकपा समाजवादी गठन गरेका भट्टराई पाँच दलीय गठबन्धनमा सामेल हुनको लागि लागिपरेका छन् । उनले केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँग गरेको भेटवार्तामा पनि उनले आफू सरकारमा सहभागि  हुन चाहेको बताएका थिए ।