प्रचण्डलाई बाबुरामको प्रश्नः तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?

प्रचण्डलाई बाबुरामको प्रश्नः तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? भनेर प्रश्न गरेका छन् ।

प्रचण्डले शुक्रबार विराटनगरमा आफू ओरिजिनल माओवादी नभएको बताएपछि डा. भट्टराईले यस्तो प्रश्न सोधेका हुन् ।

तत्कालीन माओवादीमा रहँदा प्रचण्डका सहकर्मीसमेत रहेका भट्टराईले कुनै दिन प्रचण्डले आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ने टिप्पणी गरेका छन्

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।’

डा. भट्टराईले लेखेका छन्, ‘पुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन । आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?’

डा. भट्टराईले लेखेका छन्, ‘आफूलाई चौमको मदन भण्डारी पनि भन्न भ्याउनुभएछ । पछि मदन र म सानैमा छुट्टएिका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म ?’