काठमाण्डु – नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी गरेको छ । पार्टीले दिएको टिकटबाट चुनाव नउठेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि शाहलाई कारबाहीको तयारी भएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शाहलाई कार्वाहीको निर्णय हुने बताए । रिजालले भने ‘पार्टीबाट उहां बर्हिगमित भइसक्नुभएको छ । अव उहांको अभिलेखबाट समेत नाम हटाइन्छ ।’
शाहले मनोनयन दर्ताको दिन अन्तिम समयमा रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनिमाथि अरुको टिकट समेत रोकेर राखेको आरोप लागेको छ । शाह पछिल्लो समय पूर्व प्रधानमन्त्री बावुराम भट्टराईसंग सम्पर्कमा रहेका छन् । उनले बावुरामकै योजनामा यस्तो गतिविधि गरेको हुन सक्ने एमाले नेता बताउंछन् ।
शाहले रौहटमात्र नभएर मधेष प्रदेशमै एमालेलाई खाली गराउने गतिविधि गरेको सूचना आएको भन्दै एमाले अध्यक्ष केपी ओलीले उनलाई कार्वाहीको संकेत गरेका थिए ।
जसपासंग मधेषमा गठबन्धन गरेकोमा छिमेकी शक्ति समेत सन्तुष्ट नभएको स्रोतको दावी छ । शाहको कदम समेत त्यसैसंग सम्बन्धित रहेको धेरैको बुझाई छ । एमाले नेतृत्वलाई लोसपासंग गठबन्धन गर्न सुझाव रहेको बताइन्छ ।
एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनसंगको अन्र्तवार्तामा आइतबार ५ बजेसम्म टिकट खल्तीमा राखेर ५ बजे स्वतन्त्र ढंगले उम्मेदवार दर्ता गर्नु धोका भएको बताएका थिए ।




प्रतिक्रिया