काठमाडौं- पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले सांसद अपहरणको आरोप लागेका पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथी कार्वाही हुनुपर्ने माग गरेका छन् । महानिरीक्षक खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर गएर काठमाडौं ल्याएको स्विकार गरेपछि भट्टराईले उनिमाथी निष्पक्ष छानविन र कार्वाही हुनुपर्ने माग गरेका हुन् ।
नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले टिवटरमा लेखेका छन् ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ?अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो-कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ?यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से?यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’





प्रतिक्रिया