काठमाण्डु – नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर पुर्वाग्रह सांधेर कार्वाही गरिएको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पुर्वाग्रह राखेर कार्वाही गरेपछि उनी दुई तारे हुनबाट वंचित भएका थिए ।
उनलाई मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिएको छ। पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । श्रेष्ठको यसअघि बढुवा रोकिएपछि उनिभन्दा पछिका सहदेव खड्का,सन्तोष ढकाल र हिरालाल जोशीको उपरथीमा बढुवा भइसकेको छ ।




प्रतिक्रिया