बाबुराम भट्टराईको चेतावनी – सरकार विरुद्ध सडक संघर्षमा उत्रिन्छौं

बाबुराम भट्टराईको चेतावनी – सरकार विरुद्ध सडक संघर्षमा उत्रिन्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।

काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै भट्टराईले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी समेत गरे।

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्यमान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेको दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

दुइ दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ। संयोजक भट्टराईले बैठकमा पार्टीको विगतका कामको समिक्षा हुने पनि जानकारी दिए।