सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन


काठमाडौं–गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिएका हुन्।

उनले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराए। गृहमन्त्री थापाले राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिए।

गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियान शुरु गरेको जानकारी दिँदै गृहमन्त्री थापाले यो अभियानमा प्रहरी बलले समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement