काठमाडाैँ—गृहमन्त्री रामबहादुर थापा बादलले दशै, तिहार जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
आइतबार गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा याेजनाबारे बोलाईएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।
उनले चाडपर्वमा खासगरी चाेरी, लुटपाट, कालाेबजारीजस्ता घटना अत्याधिक हुने भएकोले साेहि अनुरुपको सुरक्षा रणनीति बनाउन सुझाब दिए। यस्तै सडक सुरक्षा तथा ताेकिएको भाडादरको कार्यान्वयनबारे कडाइपुर्वक अनुगमन गर्न समेत निर्देशन दिए ।
उनले सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिए । बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए।




प्रतिक्रिया