काठमाण्डु – पूर्व माओवादी खेमाबाट एमालेमा लागेका रामबहादुर थापा बादलले आजदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् ।
प्रतिनिधिसभा विघटनपछि तत्कालिन नेकपाको केपी ओली समूहमा लागेका गृहमन्त्री समेत रहेका थापालाई शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो ।
गृहमन्त्री थापाले शनिबार आज नेकपा एमाले बाग्मती प्रदेश कार्यालय च्यासलमा पुगेर औपचारिक कार्यभार सम्हालेको जानकारी दिएका छन् ।




प्रतिक्रिया