काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको आगामी ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरूको षड्यन्त्र चिर्न नसकिने बताए ।
उनले भने, ‘एमालेको ११औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नु हुँदैन । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिध्याउन चाहन्छन् र हाम्रो कर्तव्य भनेको नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरूको षड्यन्त्र चिर्न सकिन्छ र क्रान्ति अगाडि बढाउन सकिन्छ ।’
उनले अहिले ओलीको विकल्प कोही पनि नभएको धारणा राखे । एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको उनको दाबी छ ।




प्रतिक्रिया