गृहमन्त्री बादललाई भेटेर नेपालको यसरी प्रशंसा गरिन चिनियाँ राजदूतले

गृहमन्त्री बादललाई भेटेर नेपालको यसरी प्रशंसा गरिन चिनियाँ राजदूतले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि चिनियाँ राजदुत यु होङले भेटवार्ता गरेकी छन्।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदुतसँग आग्रह गरिन।

नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै गृृहमन्त्री बादलले नेपाली भूमिबाट कुनै किसिमका चिन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे।

गृहमन्त्रीले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार गरिरहेको भन्दै त्यसलाई नियन्त्रका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरे।

भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरिन।

राजदुत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूूमिका प्रशंसनीय रहेको यसलाई थप प्रभावकारी बनाउन आग्रह गरिन। उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन।

राजदुत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीको विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिइन्। उनले गृहमन्त्रीको रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायतका पछिल्ला कामहरु आफुहरुले नियालिरहेको भन्दै ति काम प्रशंसनिय रहेको बताइन्।